‘कडी’ चलचित्रकी नायिका धरेलको म्युजिक भिडियो ‘तु लैला लागी रे’ सार्वजनिक (भिडियोसहित)

‘कडी’ चलचित्रकी नायिका धरेलको म्युजिक भिडियो ‘तु लैला लागी रे’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं– पछिल्लो समय एकपछि अर्काे चर्चित म्युजिक भिडियोका साथै नेपाली चलचित्र ‘कडी’ मा अभिनय गरेकी नायिका/मोडल सोफी धरेलको नयाँ हिन्दी म्युजिक भिडियो ‘तु लैला लागी रे’ सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियाेमा उनलाई चर्चित नायक/मोडल पुष्प खड्काले साथ दिएका छन्।

उर्गेन दोङको स्वर, संगीत रहेको उक्त गीतमा शब्द हरिष धनुषे र गायक दोङको नै रहेको छ। उक्त म्युजिक भिडियो एचआरएस इन्टर युटुभ च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । प्रेमभाव झल्किने उक्त म्युजिक भिडियोकाे केशव राज भट्टराईले निर्देशन गरेका छन् भने छायाँकन नवराज उप्रेतीले गरेका छन् । म्युजिक भिडियाेले दर्शक/ श्राेताकाे राम्राे प्रतिक्रिया पाइरहेकाे छ।

भिडियो हेर्नुहोस् :

पछिल्लो समय चर्चाको शिखरमा रहेकी मोडल/ नायिका धरेलले  नेत्र गुरुङको निर्देशनमा,नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको ‘कडी’ चलचित्रमा समेत अभिनय गरेकी छिन्। उनकाे डेब्यु अभिनय रहेकाे उक्त चलचित्र ‘ २०८१ सालमा सार्वजनिक हुँदैछ।

मोडल/ नायिका धरेलकाे यही चैतमा ‘खुसी तिमीलाई’ बोलको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो। मोडल / नायिका धरेलले कमल खत्रीको ‘मेरो जीवन साथी तिमी’, सीडी विजय अधिकारीको ‘नलाम्की भन्थे ज्यान जाने माया’, ‘सररर हावा चल्यो’, ‘ए सुनन भनन, प्रमीला गुरुङको ‘ए झरी, झरी’ सन्तोष बस्यालको ‘बस है प्यारी’लगायत दर्जनौँ भिडियोमा अभिनय गरिसकेकी छिन्।