सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर

सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर


काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले देशभरिका विभिन्न प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उपशाखा कार्यालयमा काम गर्न दक्ष तथा अनुभवी कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख तथा बजार व्यवस्थापक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसमा जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य बजार प्रवद्र्धन सम्बन्धी कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।