शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिँदै सूर्यज्योति लाइफ इन्स्योरेन्स

शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिँदै सूर्यज्योति लाइफ इन्स्योरेन्स


काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने भएको हो।

जसमध्ये १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लभांश रहेको छ। चैत २० गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।