१८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार ४०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार १ हजार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार  १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो।