बैंकको निक्षेप ६२ खर्ब नाघ्यो, कुन सूचक कस्तो ?

बैंकको निक्षेप ६२ खर्ब नाघ्यो, कुन सूचक कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत १८ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ०२ अर्ब निक्षेप संकलन भएको छ । चैत १७ गते ६२खर्ब ०१अर्ब निक्षेप रहेकोमा एकदिनमा १ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ ।

बैंकको तथ्यांकअनुसार गत आइतबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८७ अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब ०१ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले १७ गते भने वाणिज्य बैंकले ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ७९.६४ कायम भएको छ ।

शनिबार ७९.६१ रहेको सिडि रेसियो बिहीबार ०.०३ ले बढेर ७९.६४ पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको देखाएको छ । शनिबार भने अन्तरबैंक ब्याज २.६३ प्रतिशत रहेको थियो ।