वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई काठमाडौं टोखा बस्ने ३२ वर्षीय जिवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई कास्की पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने ३८ वर्षीया नन्द देवी पुन रहेका छन्।

पक्राउ परेकामध्ये केदारले युके पठाईदिन्छु भन्दै ३५ जना पीडितहरूबाट ६ करोड रूपैयाँ ठगी गरेको, जिवराजले फ्रान्स पठाईदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६५ हजार रूपैयाँ ठगी गरेको र नन्द देवीले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ६७ हजार रूपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले केदारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बाट, जिवराजलाई काठमाडौं नयाँ बसपार्कबाट र नन्द देवीलाई पोखरा लेकसाईडबाट पक्राउ गरेको हो।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।