वैदेशिक रोजगार विभाग बैंकहरुको मुद्दती निक्षेपमा ३ अर्ब बढी लगानी गर्दै

वैदेशिक रोजगार विभाग बैंकहरुको मुद्दती निक्षेपमा ३ अर्ब बढी लगानी गर्दै


काठमाडौं– वैदेशिक रोजगार विभाग वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा रु. ३ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने भएको छ।आज एक सूचना जारी गर्दै विभागले बैंकहरुको मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने जानकारी दिएको हो।

उक्त रकम विभागले यसअघि धरौटीमा वाणिज्य बैंकहरुमा १ वर्षका लागि मुद्दती निक्षेप मै राखेको थियो। जसको परिपक्व अवधि २०८१ वैशाख ५ गते सकने सूचनामा उल्लेख छ।अवधि सकिन लागेकाले रकम पुनः १ वर्षका लागि वाणिज्य बैंकहरुमा राख्न लागेको विभागले जनाएको छ ।

लगानी गर्न चाहने वाणिज्य बैंकहरुले आफूले चाहेको रकम र ब्याजदर प्रस्ताव गरी विभागको वेबसाइटबाट दरभाउपत्र फराम डाउन लोड गरी चैत २६ गते दिउँसो ३ बजेभित्र विभागको आर्थिक प्रशासन शाखामा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।