नेपाल वायुसेवा निगममा देखिएको अनियमितता र भ्रष्टाचार अन्त्य गर्न दृढ छु : मन्त्री तामाङ

नेपाल वायुसेवा निगममा देखिएको अनियमितता र भ्रष्टाचार अन्त्य गर्न दृढ छु : मन्त्री तामाङ


काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले निगमका सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने कुरामा जोड दिए।बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए।मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यस सम्बन्धी निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए।

उनले निगमको सारभुत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढन सरकारले चाहेको बताउँदै निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नेु पर्ने कुनै कारण नरहेको स्पष्टिकरण समेत दिए।