झिनो अङ्कले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २९ करोड

झिनो अङ्कले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २९ करोड


काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।आज नेप्से परिसूचक १.८५ प्रतिशतले घटेर २,०१० को विन्दुमा कायम भएको हो।

आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु. दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह ०.०३, लगानी ०.०४, जीवन बीमा ०.१९, लघुवित्त १.८९, म्युचुअल फन्ड ०.३० र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । आज बैंकिङ्ग ०.१८, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.५७, जलविद्युत् ०.७९, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.७५ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य ७.५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु. १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको रु. तीन लाख २० हजार तीन सय ६४ कित्ता शेयर किनबेच भएको छ ।