आईपीओ‌ निष्कासन गर्न अर्थमन्त्रालयले दियो बोर्डलाई निर्देशन

आईपीओ‌ निष्कासन गर्न अर्थमन्त्रालयले दियो बोर्डलाई निर्देशन


काठमाडौं– धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि आइपीओ, हकप्रद र एफपीओ निष्कासन जस्ता रोकिएका प्रक्रिया पुनः सुचारु भएको छन् । अर्थमन्त्रालयबाटै आइपीओ निष्कासनको अनुमति पाइसकेपछि बोर्डले आइपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

अबको १/२ दिनमै सञ्चालक समितिको बैठक बसेर आइपीओ निष्कासन गर्ने निर्णय बोर्डले गरेको छ ।यस्तै सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ ल्याउन अनुमति दिने तयारीमा बोर्ड रहेको छ । बोर्डको अनुमति पाए तत्काल आइपीओ निष्कासन गर्न ३५ वटा कम्पनी पर्खाइमा छन् ।