जीडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर

जीडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर


काठमाडौं– विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जीडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजिइम्पेक्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ ।

जीडब्लुएमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फतग्राहकहरूले ओरा ०३ ईभी मा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जरसहित रु. ५ लाखसम्मको फाइदा पाउनेछन् । साथै हाभलका एच् सिक्स र जोलायनमा ८.५ लाख सम्मको फाइदासहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।

जीडब्लुएम नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ नयाँ वर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । ग्राहकहरुले जीडब्लुएमको शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन् । साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको छ । यी विशेष सम्झौताहरूलाई जि.डब्लु.एको शोरूममा तिनीहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् ।

ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा

यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जीडब्लुएमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनसको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क 7 KW फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म रु. १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन् ।

हाभल एच सिक्स, र जोलायन : ८.५ लाखसम्मको फाइदा
हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन्, साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

पावर : १० लाखसम्मको फाइदा
जीडब्लुएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।

जीडब्लुएमको बारेमाः
जीडब्लुएमले अटोमोटिभ नवाचारलाई प्रोत्साहन गर्दै हाल नेपालमा हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ इभी, पावर र वीङ्गल सिक्स लगायत विभिन्न मोडलहरू सार्वजनिक गरेको छ । ग्रेट वाल मोटर (जीडब्लुएम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा विश्वभर नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ ।

चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा सफलतापूर्वक बिक्री गरिरहेको छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो, जसले जि.डब्लु.एमको विश्वव्यापी लाइनअपहरू नेपाली बजारमा ल्याउन सफल भएको छ र आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।