गणपति लघुवित्तले माग्यो यी पदमा कर्मचारी

गणपति लघुवित्तले माग्यो यी पदमा कर्मचारी


काठमाडौं– गणपति लघुवित्त वित्तीय कम्पनी लिमिटेडले विविध पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रवन्धक, सहायक/कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसमध्ये प्रवन्धक पदमा विभिन्न शाखा कार्यालयहरुमा, सहायक/कनिष्ठ सहायक केन्द्रीय कार्यालय, सहायक र प्रशिक्षार्थी सहायक विभिन्न शाखा कार्यालयका लागि माग गरेको हो ।

कम्पनीले शाखा प्रवन्धकमा न्यूनतम प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरको र लघुवित्त वित्तीय संस्थामा कम्तीमा ३ वर्ष कार्य गरेको साथै शाखा प्रवन्धक भई कार्य गरेको र सवारी साधन, चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने जनाएको छ । साथै सहायक/कनिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन विषयमा न्यूनतम स्नातक गरको साथै वित्तीय क्षेत्रमा १ वर्षको कार्य अनुभव भएकोलाई प्राथमिकता दिइने र प्रशिक्षार्थी सहायकमा एसएलसी वा एसईई पास गरेको, कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामीण क्षेत्रमा गई कार्य गर्न ईच्छुक व्यक्ति, सवारी साधन र चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति २०८१ वैशाख ०३ गते सोमबारसम्म रहनेछ । रीत नपुगेको अथवा म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही नहुने कम्पनीको भनाइ छ । साथै रीतपूर्वक प्राप्त आवेदन मध्ये छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ । यस्तै कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीको नियममा निहीत रहने जनाइएको छ । उपर्युक्त पदहरुमा आवेदन गर्न १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ । साथै महिलाको हकमा थप पाँच वर्ष उमेर समेत योग्य हुनेछ ।

ईच्छकु उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइज फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहितको सम्पूर्ण विवरण खुलेको बायोडाटा र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको इमेल मार्फत [email protected] वा वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।