हिमालयन लाइफमा दरखास्त आवह्वान

हिमालयन लाइफमा दरखास्त आवह्वान


काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले दरखास्त आवह्वान गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सव ब्रान्च इन्चार्जका लागि दरखास्त खुलाएको हो ।

कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो । जसमा दरखास्त पेश गर्न ३ दिन (चैत २२ सम्म) बाँकी रहेको छ ।

उक्त पदहरुका लागि न्युनतम योग्यता कक्षा १२ तथा स्नातक गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । दरखास्त दिँदा सिभी, नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यतको प्रमाणपत्रसहित कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ ।