अभिकर्ताको परीक्षा उत्तीर्ण गर्नेको संख्या १६ हजार माथि

अभिकर्ताको परीक्षा उत्तीर्ण गर्नेको संख्या १६ हजार माथि


काठमाडौं– अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण गर्नेको संख्या १६ हजार माथि पुगेका छ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या आइतबारसम्ममा १६ हजार १४१ जना पुगेको हो ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो।