हिरासतमा रहेका थुनुवालाई मनोचिकित्सकद्वारा परामर्श

हिरासतमा रहेका थुनुवालाई मनोचिकित्सकद्वारा परामर्श


तनहुँ– हिरासत कक्षमा रहेका विभिन्न कसुरका थुनुवाहरुलाई मनोचिकित्सकद्वारा आइतबार परामर्श दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नो हिरासतमा रहेका थुनुवाहरुलाई जिल्ला अस्पताल तनहुँमा कार्यरत मनोचिकित्सक डा. गिता सुबेदीद्वारा लागु पदार्थ दुर्व्यसनी, मादक पदार्थ सेवनका कारण व्यक्ति, पारिवार, समाज र स्वास्थ्यमा पर्ने असर र दुर्व्यसनीबाट बच्न अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा परामर्श प्रदान गरेका हो ।