लुम्बिनी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा गरिने

लुम्बिनी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा गरिने


काठमाडौं– लुम्बिनी प्रदेशमा जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा हुने भएको छ। नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको हो।

अनलाइन परीक्षा चैत २० गते मंगलबार विहान ११ बजेबाट दिउँसो १२ः३० सम्म सञ्चालन हुनेछ। परीक्षामा देशभरका परीक्षार्थी सहभागी हुन पाउनेछन्। काठमाडौंबाहिर तेस्रो स्थान लुम्बिनी प्रदेश कार्यालयबाट अभिकर्ता अनलाइन परीक्षा हुने भएको हो ।