एसईईको परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ

एसईईको परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ


सिराहा– सिराहाबाट एसईईको परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ५ बस्ने १६ वर्षका अर्जुन महरा रहेका छन् ।

महराले गत शुक्रबार मिर्चैया नगरपालिका वडा नम्बर १ स्थित श्री शारदा माध्यमिक विद्यालय रामपुरबिर्ता एसईई परीक्षा केन्द्रमा जन सेवा मावि कर्जन्हाको सिम्बोल नम्बर ०१६०२०७३ E भएका परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई नेपाली विषयको परीक्षा दिइरहेका थिए ।

उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा लगिएको जिल्ला प्रहरी कायालय सिराहाले जनाएको छ ।