सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न

सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न


काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरास्थित रुपाकोट रिसोर्टमा भव्यताकासाथ सम्पन्न गरिएको थियो ।

लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउँदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल गर्नु थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जना को सहभागिता रहेको थियो ।

यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विश्वास कम्पनीको छ ।