काठमाडौं – नेपाल धितोपत्र बोर्डले (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ। सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सूचीकृत कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो।
बोर्डको नयाँ व्यवस्थाअनुसार कुनै सूचीकृत कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी शेयर भएका आधारभूत शेयरधनीले आफ्नो शेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्नेछ। कम्पनीले यस्तो जानकारी प्राप्त गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सर्वसाधारणलाई सूचना सार्वजनिक गर्नुपर्नेछ।
त्यस्तै, बोर्डले सूचीकृत संगठित संस्थाहरूलाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिद बिक्री गर्न गराउन वा हस्तान्त्रण गर्न वा लेनदेन गर्न वा लेनदेन गर्न नसकिने धितोपत्र सम्बन्धमा नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रीय निक्षेप संस्थामा आवश्यक व्यवस्था गर्न जानकारी दिने निर्देशन दिएको छ।






About Us
प्रतिक्रिया