काठमाडौं– आज सद्भावना, रंगहरुको फागु पर्व (होली), आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। प्रहरीले होली पर्वलाई मध्यनजर गरी देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा विहानैदेखि चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ। अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
यस वर्षको होली पर्वका लागि दुई हजार पाँच सय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको संख्यामा प्रहरी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



About Us
प्रतिक्रिया