काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया