काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै सामान्य घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज ११ गते बैंकिङ्ग प्रणालीको निक्षेप ८३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ८४ खर्ब १ अर्ब रुपैयाँ थियो। केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा वाणिज्य बैंकहरूले सङ्कलन गर्ने निक्षेप पनि घटेको छ।
अघिल्लो दिनसम्म ७५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको निक्षेप ११ गते ७५ खर्ब ९१ अर्बमा खुम्चिएको छ। यस्तै, असोज ११ गते वाणिज्य बैंकहरुको कर्जामा लगानी १ अर्ब रुपैयाँले घटेको छ। असोज १० गतेसम्म ६० खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ११ गते ६० खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन्।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी पनि स्थिर रहेको छ। असोज १० गतेसम्म ५३ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले भोलिपल्ट अर्थात् ११ पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन्। सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७१ दशमलव २६ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ।






About Us
प्रतिक्रिया