काठमाडौं – पोखरा फाइनान्सले दुई सस्थापक शेयरधनीको नाममा रहेको २ लाख २३ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीहरू मन बहादुर गुरुङको नाममा रहेको १ लाख ६६ हजार ५७ कित्ता र नारायणबाबु लोहनीको नाममा रहेको ५७ हजार ५११ कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीले सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्री खुला गरेको छ। कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री गरिएको ३५ दिने म्यादभित्र आवेदन नपरेपछि कम्पनीले सो शेयर सर्वसाधारणमा खुला गरेको हो।
इच्छुकले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा निवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया