ग्लोबल मनी विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं– कामना सेवा विकास बैंकको गण्डकी प्रदेशद्वारा ग्लोबल मनी विक २०२४ का अवरसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरी बैंकले वित्तीय साक्षरता कार्यक्रम पोखरामा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल राष्ट्र बैंक पोखरा शाखाका उप–निर्देशक सुदिप त्रिपाठीले ग्लोबल मनी विक २०२४ को उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यलयका डीएसपी श्रवन विकले साइबर सुरक्षा, अनलाईन ठगी र डिजिटल बैंकिङ्गको चुनौतीको बारेमा आफ्ना भनाइहरु राखे ।

सो क्रममा प्रदेश प्रमुख विष्णु प्रसाद गौतमले बचतको महत्व र कर्जाको सदुपयोगका बारेमा प्रकाश पारेका थिए । उतm कार्यक्रमको प्रस्तुतिकरण न्यूरोड शाखा प्रमुख शुशिल भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन सृजना चोक शाखा प्रमुख कृष्ण हरी सिग्देलले गरेका थिए ।

गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।