काम गर्न नसकेको बेला राजीनामा दिन्छु : रवि लामिछाने

काम गर्न नसकेको बेला राजीनामा दिन्छु : रवि लामिछाने


काठमाडौं– गृहमन्त्री रवि लामिछानेले आफुले काम गर्न नसकेको खण्डमा राजीनामा दिएर जाने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उनले आफुमाथि परेको सहकारीको ठाडो उजुरी झुटो भएको दाबी गरे । उनले भने, ‘ऋण लिएको हो/होइन समेत थाहा नपाएको काँग्रेसले सदनमा होहल्ला गरेको सुहाउँदैन । सहकारीको ठगी अरु नै कसैले गरेको हो मैले गरेको होइन । अदालतमा परेको सहकारीको मुद्दामा मेरो नाम छैन, मेरो हस्ताक्षर छैन ढुक्क हुनुस् । जिवि राई र रवि लामिछाने फरक व्यक्ति हुन् ।’

साथै उनले सहकारी ठगीको विषयमा सदनमा काँग्रेसले आफ्ना कुरा सुन्ने आँट नगरेको र आफुलाई बोल्न समेत नदिएको बताए ।