ग्लोबल मनी विकका उपलक्ष्यमा लक्ष्मी सनराइज बैंकद्धारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकका उपलक्ष्यमा लक्ष्मी सनराइज बैंकद्धारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौैं– लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनी विकको ‘प्रोटेक्ट युअर मनी, सेक्योर युअर फ्युचर’ नाराका साथ काठमाडौं लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थिहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे थियो। बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजम्यान्टका दीपक पण्डित, हेडफ रिकभरीका रजित पौडेल, अधिकृतद्धय समिर मान सँगत र टेक विष्टले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयमा छलफल गराएका थिए। ।

विद्यार्थीहरुलाई बचत, बजेटिङ, कर्जा, डिजटिल बैंकिङ्ग, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण दिइएको हो । यस्तै पण्डितले लक्ष्मी सनराइज बैंक देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धतामा अडिग रहेको बताएका छन् । उनले बैंकले सुलभ वित्तीय सेवा प्रदान गर्नुका साथै आर्थिक समावेशीकण र सशक्तिकरणमा जोड दिएको स्पष्ट पारे ।