काठमाडौं- रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ। हिजो अर्थात् चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशतमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
शेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ। आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले हकप्रद शेयर जारी गर्ने जनाएको छ ।
हाल कम्पनीको कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको कम्पनीले उल्लेख गरेको छ।
प्रतिक्रिया