नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा २७ प्रतिशत नाघ्यो, अन्य बैंकको कति ? 

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा २७ प्रतिशत नाघ्यो, अन्य बैंकको कति ? 


काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको  पछिल्लो तथ्यांकले वित्तीय संस्थाहरूको नन पर्फमिङ लोन (एनपीएल) अर्थात् खराब कर्जा बढ्दै गइरहेको  देखाउँछ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको खराब कर्जा २७.७५ पुगेको छ यससंगै तथ्यांकअनुसा नारायणी डेभलपमेन्ट बैंकको पुस मसान्तसम्ममा सबैभन्दा बढी खराब कर्जा भएको बैंक बन्न पुगेको छ। यो बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ९४.५० रहेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विकास बैंकहरुको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने १७ वटा विकास बैंकमध्ये १० वटाको खराब कर्जा ४ प्रतिशत भन्दा माथि छ । समग्रमा  भने बैंकहरुको खराब कर्जा ३.६१ प्रतिशत रहेको छ। 

त्यस्तै, धेरै खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट लिमिटेड रहेको छ। सो बैंकको १४.१६ प्रतिशत खराब कर्जा रहेको छ । विकास बैंकहरुमध्ये सबैभन्दा कम खराब कर्जा हुनेमा सिन्धु विकास बैंक रहेको छ। सो बैंकको खराब कर्जा १.०५ प्रतिशत रहेको छ । त्यसैगरी, मुक्तिनाथ विकास बैंकको २.५१ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २.६२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको २.७४ प्रतिशत र गरिमा विकास बैंकको २.९५ खराब कर्जा रहेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ३.५५ प्रतिशत र कामना सेवा विकास बैंकको ३.४२ प्रतिशत खराब कर्जा रहेको छ। ज्योति विकास बैंकको ४.८८ प्रतिशत खराब कर्जा छ भने महालक्ष्मी विकास बैंकको ४.२१ प्रतिशत खराब कर्जा रहेको छ।