सूर्योदय वोमी लघुवित्तले सम्पन्न गर्यो ग्लोबल मनी विक २०२४ को सन्दर्भमा वित्तीय चेतना र्याली

सूर्योदय वोमी लघुवित्तले सम्पन्न गर्यो ग्लोबल मनी विक २०२४ को सन्दर्भमा वित्तीय चेतना र्याली


काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड स्टेशन कार्यालय भरतपुर चितवनले बिहीबार ग्लोवल मनी विक २०२४ को सन्दर्भमा वित्तीय चेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ ।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्य लिएर ‘प्रोटेक्ट युअर मनी, सेक्योर युअर फ्युचर’ भन्ने नाराका साथ हरेक वर्ष यो श्रृंखला मनाउन लागेको हो ।

सोही सन्दर्भलाई निरन्तरता दिने क्रममा यस संस्थाको स्टेशन कार्यालयले यस क्षेत्रका ९ वटा शाखा कार्यालयका करिव ३२ जना कर्मचारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम संस्थाको स्टेशन कार्यालय भरतपुर देखि, पारस बसपार्क, मुनालचोक, कान्तिपुर मार्ग हुँदै पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो ।