प्रभु बैंकबाट ५ संस्थापक बाहिरिँदै

प्रभु बैंकबाट ५ संस्थापक बाहिरिँदै


काठमाडौं– प्रभु बैंकबाट एकैपटक ५ जना शेयरधनीहरुले शेयर बेचेर बाहिरिन लागेका छन् । ५ जना संस्थापक शेयरधनीहरु ३ लाख ४७ हजार १२५ कित्ता शेयर बिक्री गरी बाहिरिन लागेका हुन् ।

बैंकका संस्थापक शेयरधनी रुबिका अग्रवालले ८४ हजार ८८२ कित्ता, बिनोद कुमार अग्रवालले १ लाख ७ हजार २२० कित्ता, स्वीकृति श्रेष्ठले २८ हजार र निरंजन लाल श्रेष्ठले ८६ हजार ४६६ कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका हुन्।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ९ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

उक्त समयमा संस्थापक शेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि शेयर बिक्री गरिने बैंकले जनाएको छ।