सोर्स कोडले ल्यायो डिम्याट ट्रयाकिङ सफ्टवेयर

सोर्स कोडले ल्यायो डिम्याट ट्रयाकिङ सफ्टवेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
वित्तीय प्रविधि कम्पनी सोर्स कोडले डिम्याट ट्रयाकिङ सफ्टवेयर (डीटीएस) सञ्चानमा ल्याएको छ । वेब प्रविधिमा आधारित डीटीएसमार्फत ब्रोकर तथा मर्चेन्ट बैंकका ग्राहकले जुनसुकै स्थानबाट खाता खोल्न सक्ने र डिजिटल भुक्तानी गरी डिम्याट खाता नवीकरण गर्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, डिम्याट खाताको नवीकरण स्थिति र मेरो सेयर सदस्यताको अवस्था सम्बन्धी जानकारी पनि लिन सकिन्छ ।
 
कम्पनीका अनुसार डीटीएस सफ्टवेयरमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्नुपर्ने आगामी मितिका बारेमा एसएमएस तथा इमेलबाट नोटिफिकेसन पनि पाउन सकिनेछ । यस्तै, डिम्याट खाता र मेरो सेयरको नवीकरणका लागि अनलाइन भुक्तानी लिन सकिनेछ । हाल निक्षेप सदस्यता लिएका १२ वटा ब्रोकर कम्पनी र ८ वटा मर्चेन्ट बैंकले यस सफ्टवेयरको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

\"\"