५० करोडको राफसाफ कोष बनाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन 

५० करोडको राफसाफ कोष बनाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।  
नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ भित्रै ५० करोडको राफसाफ कोष बनाई अबिलम्व कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

बोर्डले राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता (सेटलमेन्ट ग्यारेन्टी) हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन नसकिरहेको बताएको छ । बढ्दो बजारमा महिनौंसम्म पनि लगानीकर्ताले धितोपत्र बिक्रीको रकम पाउन नसकेको समाचार प्रवाह भएपछि बोर्डले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) लाई आर्थिक वर्ष २०७७/७८ भित्र ५० करोडको राफसाफ कोष बनाउन निर्देशन दिएको हो ।

यसैगरी आर्थिक वर्ष २०७८/७९ भित्र थप ३० करोड र आर्थिक वर्ष २०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्ब रकमको कार्यान्वयन योग्य कोष स्थापना र सञ्चालन गर्न बोर्डले बजार सञ्चालक नेप्सेलाई निर्देशन दिएको हो ।

राफसाफ कोषमा धितोपत्र बजार (नेप्से), धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था (सीडिएस एण्ड क्लियरिङ) र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गर्दछ । जसअनुसार राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत र राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम योगदान रहनेछ ।