एक करोड ८२ लाख बढी नक्कली नोट बरामद

एक करोड ८२ लाख बढी नक्कली नोट बरामद


सुनसरी– प्रहरीले सुनसरीको इनुरुवाबाट एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय नम्बर प्लेटको स्करपियोमा उक्त रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहारका २२ बर्षीय छोटु भनिने महम्मद शैयाद रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बीआरआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियो शैयादले नै चलाइरहेको थिए । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुल नजिक चेकजांच गर्ने क्रममा उनको साथबाट सो परिमाणको नक्कली नोट फेला परेको हो ।