सेयर बजारमा फर्कियो उमंग : नेप्सेलाई कारोबार भोलुमको राम्रो सपोर्ट

सेयर बजारमा फर्कियो उमंग : नेप्सेलाई कारोबार भोलुमको राम्रो सपोर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।

 सेयर बजारमा फेरि उत्साह फर्किएको छ । नेप्से सूचकका साथमा कारोबार भोलुमले पनि राम्रो साथ दिंदै गएको छ । यसले बजार थप दिगो सुधारतर्फ अघि बढ्न थालेको विश्वास गरिएको छ । यसअघि छोटो समयमा नेप्सेमा राम्रै करेक्सन भइसकेकाले पनि अब बजार वृद्धिका लागि थप सजिलो भएको विश्लेषकहरुको भनाई रहेको छ । वित्तीय प्रणालीमा पर्याप्तमात्रामा लगानीयोग्य रकम रहेको छ ।

ब्याजदर सस्तो छ । यसले पनि सेयर बजारको आगामी यात्रा थप सकारात्मक हुने अपेक्षा गरिएको छ । यस्तै, तेस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुले औसतमा राम्रो प्रदर्शन गरे । बैंकहरुको कमाई पनि आकर्षक देखिएको छ । यसले गर्दा पनि सर्वसाधारण लगानीकर्तालाई उत्साहित बनाउने अनुमान गर्न सकिन्छ । कोरोनाका कारण राजधानीसहित प्रमुख सहरहरुमा लक डाउन जारी छ ।

यसबाट लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । यतिबेला लगानीका लागि सेयर बजार राम्रो विकल्प भएको छ । यसले पनि बजारमा सकारात्मक माहोल ल्याउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । यो भन्दा पनि अझ महत्वपूर्ण पक्ष भनेको बजारमा ठूलै करेक्सन आएकाले सेयर भाउहरु निकै सस्तो भएको छ । मूल्य सस्तो भएकाले पनि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सबैखाले लगानीकर्ताको आकर्षण वृद्धि हुने देखिन्छ । 
 
बजारले आफ्नो करेक्सनको रेखाहरु पूरा गरेपछि फेरि लयमा फर्किन थालेकाले अब नेप्से थप नयाँ उचाईमा पुग्न सक्ने विश्लेषकहरुको अनुमान छ । बजार बढ्दा होस् या घट्दा, आम लगानीकर्तामा धैर्यता र अनुशासन आवश्यक हुन्छ । आत्तिएर निर्णय लिंदा फाइदाजनक नहुन पनि सक्छ । नेप्से सूचक ५४ अंकले बढेर २६६५.११ विन्दुमा आइपुगेको छ । ३ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

खरिदबिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम परेका छन् । सबै समूहका सूचकमा हरियाली छाएको छ । ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । 

\"\"

\"\"