हिमालयन जनरल इन्सुरेन्सले जेठ २८ मा डाक्यो एजीएम, तोक्यो बुक क्लोज को मिति।

हिमालयन जनरल इन्सुरेन्सले जेठ २८ मा डाक्यो एजीएम, तोक्यो बुक क्लोज को मिति।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।

हिमालयन जनरल इन्सुरेन्सले जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले ६.७५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ३% बोनस र कर प्रयोजन सहित ३.७५% नगद लाभांश वितरण गर्न लागेको हो । 
 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि हिमालयनले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।