बुटवल पावरको मनाङ मर्स्याङ्दी जलविद्युतमा ३ चिनियाँ कम्पनीले ७८ प्रतिशत लगानी गर्ने

बुटवल पावरको मनाङ मर्स्याङ्दी जलविद्युतमा ३ चिनियाँ कम्पनीले ७८ प्रतिशत लगानी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार

\"\"

 हाल बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनामा तीनवटा विदेशी चिनियाँ कम्पनीले लगानी गर्ने भएका छन्। 

मनाङ जिल्लामा निर्माण हुने उक्त आयोजनामा ती विदेशी कम्पनीले करिब ७८ प्रतिशत लगानी गर्ने छन्। आयोजना निर्माण तथा सञ्चालनका लागि चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल लिमिटेडको सबैभन्दा धेरै ४९.४७ प्रतिशत सेयर स्वामित्व रहने गरी सेयर संरचना परिवर्तन गरिएको छ।

त्यस्तै अन्य दुई चिनियाँ कम्पनी छिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनीको यो आयोजनामा १६.४९ प्रतिशत र क्यूवाईईसी इन्टरनेसनल कम्पनीको ११.६४ प्रतिशत सेयर स्वामित्व रहनेछ। यो आयोजनामा बुटवल पावर कम्पनीले भने २२.४० प्रतिशतमात्रै सेयर स्वामित्व राखेको छ।

बुटवल पावर कम्पनीले चिनियाँ साझेदारहरुसँग मिलेर निर्माण गर्न लागेको मनाङ मर्स्याङ्दी पहिलो आयोजना हो। यसबाहके अन्य २ वटा जलविद्युत आयोजना पनि बुटवल पावरले चिनियाँ साझेदारहरुसँग मिलेर निर्माण गर्नेछ। 

मनाङ मर्स्याङ्दी आयोजना २०८१ सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बुटवल पावर कम्पनीले जनाएको छ। गत चैतमा आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) समेत भइसकेको छ।