सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (चैत्र २७ गते, शुक्रबार) बाँडफाँड सम्पन्न भएकाे छ । उक्त आईपीओ मेगा क्यापिटलको कार्यालयमा बाँडफाँड भएकाे हाे ।

गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् । 

कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड र सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।