सेञ्चुरी बैंकले डाक्यो साधारणसभा,  ६.७५ प्रतिशत लाभांश वितरण गर्दै 

सेञ्चुरी बैंकले डाक्यो साधारणसभा,  ६.७५ प्रतिशत लाभांश वितरण गर्दै 


बैंकिङ्ग समाचार ।

सेञ्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते शुक्रबार नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे सभा डाकेको हो।

साधारण सभाले बैंक सञ्चालक समितिले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ६.७५ प्रतिशत (२ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ। यसअनुसार लगानीकर्ताले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस र कर सहित ३९ करोड ९७ लाख ३४ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

फागुन २० गते बसेको संचालक समितिको ३०६ औं बैठकले साधारण सभा तथा लाभांश वितरणका लागि फागुन ३० गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार फागुन २९ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

हाल ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँ पुग्नेछ।