बैकिङ्ग समाचार ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ नयाँ शाखा बिस्तार गरेको छ। ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै शाखा बिस्तार गरेको संस्थाले जनाएको छ ।
नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका थिए । शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधब नारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही) रहेका छन् ।
सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सोप सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा बिस्तारसँगै अब देशभर ६१ जिल्लामा शाखा संख्या १३० पुगेको छ।
प्रतिक्रिया