३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

आज चैत्र १६ गते सोमबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी ३ वटै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल इन्स्योरेन्सले  चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को लागि ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस शेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २ सय ७० रुपैयाँ बराबरको नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।   हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४ सय ८५ रुपैयाँ छ । 

त्यस्तै सभामा प्रबन्धपत्र रनियमावली संशोधन गर्ने, नियामकबाट थप निर्देशन भई आएमा सोहि अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने, संचालकको नियुक्ति अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुने छन् । 

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छन् । 

ग्रीन डेभलपमेन्ट बैंकले  चैत्र २८ गते होटेल बाराही पोखरा लेकसाइडमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने बैंकले जनाएको छ । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै सभामा  मर्जर तथा प्रतिको लागि संस्था छनौट गर्ने र उपयुक्त देखिएमा मर्जरको लागि सम्झौता गर्ने र अन्य आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै लाभांशपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहि अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । त्यस्तै नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न थप निर्देशन प्राप्त भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र सर्बसाधारण समुहबाट २ जना संचालकको नियुक्ति गर्ने र स्वतन्त्र संचालक नियुक्त भएको जानकारी गराउने प्रस्ताव पेश हुने छ। 

मिथिला लघुवित्तले चैत्र २९ गते जनकपुरको राजदरबारमा रिसोर्टमा सभा आह्वान गरेको छ ।  साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९ सय १ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ ५३ पैसा नगद लाभांश गरि कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८ सय ४२ रुपैयाँ रहेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।