काठमाडौं– सानिमा म्युचुअल फन्डअन्तर्गत रहेर संचालन भइरहेका ३ वटा म्युचुअल फन्डको पुस महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
सानिमा बैंक कोष प्रवर्द्धक रहेको र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण अनुसार मंसिरको तुलनामा पुसमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको देखिन्छ ।
म्युचुअल फन्डअन्तर्गको इक्विटी फन्डको न्याभ बढेर ११.४३ रुपैयाँ पुगेको छ। मंसिरमा यस्तो न्याभ ११.०२ रुपैयाँ रहेको थियो। पुसमा कुल लगानी पनि बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। मंसिरमा भने कुल लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो। गत मंसिरमा ३ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने १ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
मंसिरसम्ममा ग्रोथ फन्डको न्याभ पनि बढेको हो । गत मंसिरमा ग्रोथ फन्डको १०.४१ रुपैयाँ न्याभ रहेको थियो । यो मंसिरमा बढेर बढेर ११.०६ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर पुसमा ५५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी ५२ करोड ५१ लाख रुपैयाँ थियो। गत मंसिरमा ९० लाख ५७ हजार रुपैयाँ नाफा गरेको यो योजनाले पुसमा ५ करोड ३० लाख रुपैयाँ कमाएको छ।
गत मंसिरमा लार्ज क्याप फन्डको ९.५८ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर १०/०९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर पुसमा १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो। गत मंसिरमा २ करोड ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।



About Us
प्रतिक्रिया