नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रवार हुँदै

नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रवार हुँदै


बैकिङ्ग समाचार ।

नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रवार हुने भएको छ ।

नेपाल दुरसञ्चार कम्पनीले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे हुने बताएको छ । कम्पनीको सभाले प्रतिशेयर रू.४० का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश गगत फागुन २७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 

त्यसैगरी महालक्ष्मी विकास बैंकले बिहान १० बजे रजिष्टर्ड कार्यालय  दरबारमार्गमा साधारण सभा गर्ने बताएको छ ।

सभाले ८ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत २ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।