कालिका लघुवित्तले आह्वान गर्यो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

कालिका लघुवित्तले आह्वान गर्यो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा


बैकिङ्ग समाचार ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख ७ गते मंगलबार एकैदिन दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको चैत्र ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको २ करोड ५२ लाख ३३ हजार रुपैयाँ (चुक्ता पूँजीको १० प्रतिशत) बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी संस्थाको शेयर स्वामित्व संस्थापकतर्फको ६४.५२ बाट घटाएर ५४.५२ मा र सर्वसाधारणतर्फ ३५.४८ बाट बढाएर ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

यस्तै कालिका लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू उपर छलफल गरी पारित गर्ने कार्यसूची छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत २२ गते आइतबारदेखि वैशाख ७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र १९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।