एनसीसी बैंकले ३६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

एनसीसी बैंकले ३६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने


बैकिङ्ग समाचार ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ३६ हजार ४६२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ ।

बैंकका ६ जना शेयरधनीहरु रविन्द्र गुरुङ, प्रकाश कुमार श्रेष्ठ, ज्ञानकाजी महर्जन, आशाकाजी महर्जन, दिल कुमार कुँवर र चन्द्र पराजुलीले उक्त परिमाणको संस्थापक शेयर बिक्री गर्न बैंक सञ्चालक समितिमा निवेदन दिएपछि बैंकले एक सूचना प्रकाशन गर्दै बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त संस्थापक शेयर सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

उक्त समयमा विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।