काठमाडौं उपत्यकामा गण्डकी विकास बैंकका एकैदिन ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं उपत्यकामा गण्डकी विकास बैंकका एकैदिन ४ नयाँ शाखा सञ्चालनमा


बैंकिङ्ग समाचार ।  

गण्डकी विकास बैंकले एकैसाथ ४ वटा शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि शाखा विस्तार गरेको हो ।

शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका थिए । 

त्यस्तै बालुवाखानी शाखाको उद्घाटन बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थितिमा भएको थियो भने जरंखु शाखाको बैंकका सञ्चालक किशोर ओझाले गरेका थिए । बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । 

बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।