सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, १२ करोड बोनस बाँड्ने, नगद कति ?

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, १२ करोड बोनस बाँड्ने, नगद कति ?


बैकिङ्ग समाचार ।

सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत ११ गते साढे बजे. सम्पन्न सञ्चालक समितिको १७१ औं बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १५.७८९४ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर तथा ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर वितरणपछि कम्पनीको पूँजी १ अर्ब १२ करोड पुग्नेछ ।

आव २०७८५/७६ बाट कुनैपनि लाभांश वितरण नगरेको कम्पनीले आर्थिक वर्ष २०७४/७५ बाट भने शेयरधनीलाई १५.४८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

\"\"