बुधवार आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

बुधवार आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि


बैकिङ्ग समाचार ।

बुधवार १ दशमलव ६३ प्रतिशत बढेको बजारमा आधा दर्जन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।

यो दिन साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशत र बाँकी पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । यस दिन साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १५५ ले बढेर अन्तिम मूल्य रू. १२ हजार ७०५ कायम भएको हो । 

बुधवार ९ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने कम्पनीहरु जलविद्युत् लगानी तथा विकास कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, आरएसडिसी लघुवित्त, माउण्टेन हाइड्रो नेपाल र कालिका पावर रहेका छन् । 

यस दिन जलविद्युत् लगानी तथा विकास कम्पनीको ९ दशमलव ९७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३९७, चन्द्रागिरी हिल्सको ९ दशमलव ९५ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ हजार ८९०, आरएसडिसी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत बढेर अन्तिम मूल्य रू. ९१८, माउण्टेन हाइड्रोको ९ दशमलव ९२ प्रतिशत बढेर अन्तिम मूल्य रू. २६६ र कालिका पावरको ९ दशमलव ७६ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३१५ कायम भएको हो ।