बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको २ ओटा कम्पनीको लिलामी शेयर बाँडफाँट

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र छिमेक लघुवित्तको लिलामी शेयर बाँडफाँट भएको छ । कम्पनीले आरएमडीसी लघुवित्तको २०० कित्ता तथा छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता संस्थापक समूहको शेयर मंगलवार बाँडफाँट गरेको हो । 

आरएमडीसी लघुवित्तको शेयरमा रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा रू. ५५० दरसम्म लगानी गर्ने आवेदकलाई माग गरे बमोजिम र छिमेक लघुवित्त रू. ६०१ दशमलव ७५ देखि रू. ८५१ दरसम्म लगानी गर्ने आवेदकलाई माग गरे बमोजिम नै शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत १२ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ ।