सारथी नेपाल लघुवित्तले एफपिओ निष्काशन गर्ने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि एफपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ।

लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ। यसका साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँ रहेको छ। ८.१३ प्रतिशतका दरले १ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ४५ लाख ३८ हजार १५० रुपैयाँ पुग्नेछ।