सिंगटी हाइड्रो आईपीओमा आवेदक सबा १६ लाख नाघ्यो

सिंगटी हाइड्रो आईपीओमा आवेदक सबा १६ लाख नाघ्यो


बैकिङ्ग समाचार ।

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मा उच्च आकर्षण देखिएको छ । चैत ६ गते शुक्रबारदेखि आईपीओ जारी गरेको कम्पनीको आईपीओमा अन्तिम दिन मंगलबार ५ बजेसम्ममा १६ लाख २३ हजार बढी आवेदन परेको हो ।

हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार मंगलबार ५ बजेसम्ममा १६ लाख २३ हजार ४५० वटा आवेदनबाट २ अर्ब ४७ करोड २० लाख ४५ हजार रूपैयाँ बराबरको २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर माग भएको हो ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डका इकाईलाई सुरक्षित गरी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा सोमबारसम्म ९.३६ गुणा बढी माग परेको हो ।

कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो । अन्तिम दिनसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार उच्च आवेदनका कारण १६ प्रतिशत आवेदकले मात्र शेयर पाउनेद्धन् भने ८४ प्रतिशत अर्थात १३ लाख ६० हजार आवेदकको हात खाली हुने देखिन्छ ।

  • मध्यम रुपमा सुरक्षित रेटिङ्ग

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस (आइए)’ रेटिङ्ग प्रदान गरेको छ ।

यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ ।

आयोजनामा लाग्ने कुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।